आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

५ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ५ हजार २६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ जना र दुई हजार ४२० एन्टिजेन परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४२५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेको छ । जसमा ७ हजार ९४ जना होम आइसोलेसनमा छन् भने ५६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८७ संक्रमित आईसीयूमा र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ९२९ र एन्टिजेन विधिबाट ९४ हजार ८३६ जना पुगेको छ ।

सम्बन्धित समाचार