मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

बागमती प्रदेशको प्रदेशसभाको बैठकमा आज(सोमबार) मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत मागेका छन् । आज (सोमबार) बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत मग्न अनुमति दिएका हुन् ।

उनी गत कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले आफ्नो मूल्य र मान्यता अनुसार काम गर्ने प्रतिवद्धता जनाए । त्यतै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको पनि बताए ।



प्रदेशसभामा १०९ सदस्यमध्ये ५९ का समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा रहेका दलहरुसँग ५९ मत कायम छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिसकेका छन् ।

सम्बन्धित समाचार