एमसीसीबारे देउवा र प्रचण्डमा एक जनाले झुट बोलेः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्। एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको उल्लेख गर्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्न सचेत गराए ।

केही दिनअघि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भनेर आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्राचार गरिसकेको बताएका थिए । तर देउवाको यो भनाइको खण्डन गर्दै प्रचण्डले थप समयका लागि मात्र पत्राकार गरिएको बताएका थिए ।



अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याए । उनले प्रधानन्यायाधीश जबरासहित सबै न्यायाधीशले संविधानको पालना नगरेको आरोपसमेत लगाए ।

सम्बन्धित समाचार