मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

आगामी चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने लक्ष्य लिएको सरकारले पछिल्लो समय खोप खरिदलाई प्राथमिकतामा राखेको छ ।



बैठकले केही सहसचिवको नियुक्ति र पदस्थापनाको निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार