भारतको औपचारिक भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाने भएका छन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन्।

महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबारै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम समेत रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। उनलाई कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार