नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कात्तिक ।
भारत मध्य प्रदेशको एक अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ। मध्य प्रदेशस्थित भोपालमा रहेको हामीदिया अस्पतालमा सोमबार राति भएको आगलागीमा चार बालको ज्यान गएको हो। अस्पतालको नेहरू भवनको ४ तलामा रहेको पिडियाट्रिक विभागमा आगलागी भएको हो।
राज्य स्वास्थ्य शिक्षा मन्त्री विश्वास सारंगले यसको पुष्टि गरेका छन्। यस्तै मुख्यमन्त्री शिवराज सिंह चौहानले यस घटनामा दुस्ख व्यक्त गर्दै घटनाको अध्ययन गर्द निर्देश दिएका छन्।
विभागमा ४० बालबालिकालाई राखिएको थियो। आगलागीमा परी चार जनाको मृत्यु हुँदा ३६ जनालाई सुरक्षित बाहिर निकालिएको छ। तीन घण्टा भन्दा बढीको प्रयासपछि रातको १२ बजेतिर आगो नियन्त्रणमा लिइइको थियो। आगलागीको खास कारण पत्ता लागेको छैन। कसैले अक्सिजन सिलिण्डर विस्फोट भएर आगो लागेको बताएका छन् भने कसैले विद्युत सर्ट भएर आगो लागेको आशंका गरेका छन्।
मुख्यमन्त्री चौहानले मृत्यु भएका बालबालिकाको परिवारलाई चार लाख राहत दिने घोषणा गरेका छन्। उक्त अस्पताल राज्य सरकारले सञ्चालन गरेको सरकारी अस्पताल हो।