नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।

नेपाल बार एसोसिएसनको परिसरबाट प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई पक्राउ गरेको हो ।
तारा बराल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु मुलुकको न्याय प्रणाली जोगाउ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । त्यस्तै उनीहरुले प्रधानन्यायाधीशको पक्षमा नारा लगाउदै बार प्रवेश गर्न खोजेका थिए । उनीहरु बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलनमा रहेका छन् ।

