नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।

सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिममा देवराज जोशी कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको बालुवाटार स्रोतले बताएको छ । उनीहरुलाई प्रदेश प्रमुख बनाउने निर्णय भएर पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको स्रोतले बतायो । अहिले सुदूरपश्चिममा गंगाप्रसाद यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश १ मा सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरिएका प्रदेश प्रमुखलाई हटाएको हो ।

