आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १६ हजार ७३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४८४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९६ हजार ३०६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ । जसमा ७ हजार ७७ जना होम आइसोलेसनमा छन् भने ५३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १९९ संक्रमित आईसीयूमा र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट ९४ हजार ९२६ जना पुगेको छ ।

सम्बन्धित समाचार