नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र बस एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको नवलपुरमा मंगलबार राति जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको र मृतकको शनाखत भई नसकेको जनाइएको छ। घाइते भएका १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिमालले बताए।
