सर्वोच्चको विवादले लोकतन्त्र नै समाप्त हुन सक्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्चको विवाद समाधान नभए लोकतन्त्र नै समाप्त हुने बताए। मंगलबार सिन्धुलीमाढीमा संचारकर्मीसँग कुराकानी गर्दै कोइरालाले सर्वोच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्यायधीश आफैंले अग्रसर भएर ननिकाले देश धेरै अप्ठेरोमा पर्ने र बल्लतल्ल लडेर ल्याएको लोकतन्त्र नै समाप्त हुने बताएका हुन्।

‘सर्वोच्च अदालतमा भइरहेको विवादको निकास प्रधानन्याधीश आफैंले अग्रसर भएर निकाल्नु पर्छ। सर्वोच्चको विवाद लम्बिंदै जाँदा लोकतन्त्र नै खतरामा पर्छु, उनले भने, ुदेशमा संवैधानिक संकट आउन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेरले राजीनामा गरेर होस् अथवा आफ्ना साथीलाई सम्झाएर समाधान त गर्नैपर्छ’, उनले भने।



सर्वोच्चको विवाद समाधान गर्न राजनीतिक दलबाट निकास ननिस्कने भन्दै प्रधानन्यायाधीश आफैं बसेर सरसल्लाह गरी निकास दिनुपर्ने उनको सुझाव छ। अर्को एक प्रसंगमा महामन्त्री कोइरालाले कांग्रेस महाधिवेशन तोकिएकै समयमै सम्पन्न हुने जिकिर गर्दै महाधिवेशन नभए पार्टीको अस्तित्व नै संकटमा पर्ने बताए।

यतिबेला कार्यकर्ताको ध्यान महाधिवेशनमा भएको र आफूले सभापतिमा उम्मेद्वारी दिने महामन्त्री कोइरालाको भनाइ थियो। आफू बीपी पुत्र भएकाले सभापतिको दरिलो उम्मेद्वार आफू नै भएको उनको जिकिर छ।

सम्बन्धित समाचार