राजीनामा माग भइरहँदा पनि चोलेन्द्रले भाइमार्फत् मुद्दामा बार्गेनिङ गरेः शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि ‘भाइलाई परिचालन गरी मुद्दामा चलखेल गरेको’ गम्भीर आरोप लगाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीले राजीनामा मागेर आन्दोलन सुरु गरेपछि पनि प्रधानन्यायाधीश राणाले आफ्ना भाइ प्रभु शमशेर राणालाई परिचालन गरेर मुद्दामा चलखेल गराएको थापाको आरोप छ।

आफूले विनाआधार आरोप नलगाएको दाबी गर्दै थापाले आवश्यक परे ‘कल रेकर्ड’ उपलब्ध गराउने पनि बताएका छन्। केही मुद्दामा सर्वोच्च अदालतमा दर्ता भएर प्रधानन्यायाधीश राणाले पेसी तोक्न थालेदेखि नै उनका भाइ प्रभु शमशेर राणाले’बार्गेनिङ’ सुरु गरेको थापाको भनाइ छ।



प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफ्नो एकल इजलासमा तोकेको मुद्दाको सन्दर्भमा उनका भाइ प्रभु शमशेरले ुबार्गेनिङु गरेको थापाको आरोप छ। प्रधानन्यायाधीश राणाले कात्तिक १४ गतेका लागि आफूसहितका ८ वटा संयुक्त र ४ वटा एकल गरी १२ इजलास गठन गरेका थिए। राणाले आफ्नो एकल इजलासमा २ थान मुद्दाको पेसी तोकेका थिए।

एउटा मुद्दा कर्तव्य ज्यानको कसूर लागेका सैनिक कर्मचारीको मुद्दा सैनिक अदालतमा पठाउने चितवन जिल्ला अदालतको आदेशविरुद्धको थियो। महान्यायाधीवक्ताको कार्यालयले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै राणाले अन्तरिम आदेश जारी गरेका थिए।

उच्च अदालत पाटनविरुद्ध भेषराज लोहनीले दायर गरेको अर्को मुद्दालाई पनि राणाले आफ्नो इजलासमा तोकेका थिए। प्रधानन्यायाधीश राणाले लोहनीको मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए। जिल्ला र उच्च अदालत पाटनले गरेको निर्णयविरुद्ध थुनामा राख्न माग गर्दै आएको निवेदनमा राणाले आफ्नो राजीनामा माग भइरहेको समयमा समेत बार्गेनिङ गरेको थापाको भनाइ छ।

सम्बन्धित समाचार