नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आउँदो चुनावमा केपी शर्मा ओलीको पार्टी नेकपा एमालेको धरौटी जफत हुने दाबी गरेका छन्।डडेल्धुरा सदरमुकाममा आज भएको कार्यकर्ता भेलामा आउने निर्वाचनमा एमालेको धरौटी जफत हुने दाबी उनले गरेका हुन्।
आउँदो चुनावसम्म पाँचदलीय गठबन्धन कायमै रहने भएकाले एमालेको धरौटीसमेत जफत हुने मन्त्री आलेले बताए। यसका साथै उनले सुदूरपश्चिम प्रदेशका बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याइने बताए। उनले यहाँका विमानस्थलको स्तरोन्नति पनि गरिने बताए।
उनले डडेल्धुराको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमालस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल नागरिक उड्ययन प्राधिकरणका उपप्रबन्धक नलबिक्रम थापाको प्राविधिक टोलीले मंगलबारदेखि सर्भे गरिरहेको मन्त्री आलेले जानकारी दिए।
साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाबाट पनि विमानस्थलको काम छिटोभन्दा छिटो अघि बनाउन निर्देशन आएको पनि उनले बताए। ‘प्रधानमन्त्रीज्युले पनि छिटोभन्दा छिटो काम अघि बढाउनु पर्यो भन्नुभएको छ,’ मन्त्री आलेले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, डडेल्धुरामा एयरपोर्ट बन्छ, बन्छ, बन्छ।’

