नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा आज (बिहीबार)पाकिस्तान र अष्ट्रेलिया भिड्दैछन् ।
दुबईमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पाकिस्तान समूह २ को विजेता र अष्ट्रेलिया समूह १ को उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन् । समूह चरणमा ५ खेलमा ५ जित सहित १० अंक जोडेको पाकिस्तान समूहको विजेता बनेको थियो भने ५ खेलमा ८ अंक नै बटुलेको अष्ट्रेलिया उपविजेता बनेको थियो ।
जारी टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले उत्कृष्ट खेल प्रर्दशन गरेको छ भने लयमा रहेको अष्ट्रेलिया भने समूह चरणमा इंग्ल्यान्डसँग पराजित भएको थियो । आजको विजेताले उपाधिको लागि न्युजिल्यान्डसँग खेल्नेछ । बुधबार राति भएको खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
फोटो – Cricketnmore.com बाट