प्रदेश सभापतिमा तामाङको उम्मेद्वारी

नेपाली काँग्रेस नुवाकोटका युवा नेता तथा समाजसेवी ऋषिकुमार तामाङले प्रदेश सभापतिमा उम्मेद्वारीको घोषणा गरेका छन् ।

ककनी काठमाडौ सम्पर्क समितीका सभापतिसमेत रहेका तामाङले नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ को सभापतिमा आफ्नो उम्मेद्वारी
घोषणा गरेका हुन् ।



तामाङ वीपी कोइरालाको विचार र पार्टीको सिद्धान्तलाई आत्मसात् गर्दै ०४६ सालको आन्दोलनमा चारतारे झण्डा बोकेर नेपाली काँँग्रेसमा होमिएका थिए । महासमिति सदस्य हुँदै महाधिवेशन प्रतिनिधि समेत भइसकेका तामाङ पार्टीलाई बलियो र दरिलो बनाउनको लागि आफूले प्रदेश ‘ख’ को सभापतिमा उम्मेद्वारी दिएको बताउँछन् । उनी गुट उपगुटबाट अक्रान्त बनेको नुवाकोट काँग्रेसलाई एक ढिक्का बनाउनु आफ्नो पहिलो प्राथमिकता हुने पनि बताउँछन् ।

सम्बन्धित समाचार