नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा रुकुम पूर्व, सिस्ने गाउँपालिका-८ बस्ने २४ वर्षीय संजय नाथ रहेका छन् ।
संजयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
