यी तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनियताको शपथ

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । आज (बिहीबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा उनीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३ प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच भागबण्डा मिलाएर ३ प्रदेशका प्रमुख फेरिएको थियो ।



राष्ट्रपति भण्डारीले गत मंगलबार(कार्तिक २३ गते) मन्त्रिपरिषद्को सिफारिसबमोजिम तीन प्रदेशका प्रदेश प्रमुखलाई निलम्बन गरी नयाँ नियुक्त गरेकी थिइन् ।

 

 

सम्बन्धित समाचार