नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।
नेपालमा आज(शुक्रबार) सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ४०० तोकिएकामा बिहीबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० रहेकामा बिहीबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा रु १५ रुपैयाँ बढ्दै एक हजार २८५ मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।