आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ८ वटा इजालस तोकेका छन् । आज (शुक्रबार)का लागि प्रधानन्यायाधीशले एकल इजलास र सात संयुक्त इजलास तोकेका हुन् ।

त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । यद्यपि नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् । तर, प्रधानन्यायाधीश भने वैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च पुगिसकेका छन् ।



प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार