संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगम घेराउ

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल आयल निगम घेराउ गरेका छन् । आज (शुक्रबार) विहान ९ बजेदेखि विद्यार्थी संगठनले आयल निगम घेरेका हुन् ।

नेपाल आयल निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । जसमा डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँ बढाएको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको हो ।



त्यस्तै हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । यस्तै एलपिजी ग्यासको मूल्य १५ सय ७५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार