नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।
ब्राजिल कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट हुने पहिलो दक्षिण अमेरिकी राष्ट्र बनेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा कोलिम्बया ब्राजिलसँग १-० ले पराजित हुन पुग्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ७२ औँ मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसपछि थापा समयमा कुनै गोल भएन र ब्राजिललाई विश्वकपमा छनोट हुन पाक्वेटाको गोल नै निर्णायक बन्यो । विश्वकप छनोटमा ब्राजिलले १२ मध्ये ११ खेल जितेको छ ।
यस समूहको चौथो स्थानमा रहेको कोलम्बिया र पाँचौँ स्थानमा रहेको चिलीसँगको क्रमशः १६ र १८ अङ्कको दुरी बनाएपछि ब्राजिल पाँच खेल छँदै चयन भएको हो । दक्षिण अमेरिकी समूहबाट चार टिम स्वतः विश्वकपमा चयन हुने प्रावधान छ । यसअघि, आयोजक कतार, जर्मनी र डेनमार्क विश्वकपमा छनोट भइसकेका छन् ।
त्यस्तै आजै भएको अन्य खेलमा इक्वेडरले भेनेजुएलालाई १-० ले पराजित गरेको छ भने पाराग्वे चिलीसँग १–० ले पराजित हुन पुग्यो ।