पौडेल समूह छोडेका प्रकाशमान सुटुक्क दिल्लीतिर

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह सुटुक्क दिल्लीतर्फ लागेका छन् । पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा लड्ने घोषण गरेका सिंह नेपालगञ्जबाट लखनउ हुँदै दिल्लीतर्फ लागेका हुन् । कांग्रेसनिकट स्रोतले दिएको जानकारी अनुसार पूर्व महामन्त्री सिंह बर्दियामा आयोजित पार्टीको कार्यक्रममा सहभागि भएर नेपालगञ्जबाट रुपैडिया नाका हुँदै लखनउबाट दिल्लीतर्फ लागेका हुन् ।

सिंहको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भ्रमणका दौरान सिंहले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने जनाइएको छ । कांग्रेस सह-महामन्त्री सुनीलबहादुर थापापनि हालै भारत भ्रमणबाट फर्केका छन् । भारतबाट फर्किएलगत्तै थापाले सिंहसँग भेट गरेको स्रोतको दावी छ ।



सिंहको भारत भ्रमणबारे उनको सचिवालयले भने पुष्टी गरेको छैन । १४ औं महाधिवेशनमा सभापतिको प्रत्याशी रहेका सिंह आज वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा समेत अनुपस्थित रहे ।

सम्बन्धित समाचार