जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैनः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शन सिद्धान्त बन्न नसक्ने स्पष्ट पारेका छन्। आज ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि पुँजीवादी जनवादी क्रान्तिको थालनी भयो। त्यो सुरुदेखि नै नयाँ जनवादी क्रान्तिका रुपमा विकसित भयो।

यो क्रान्तिको ऐतिहासिक चरणमा क्रान्तिको कार्यक्रम र लक्ष्यका रुपमा कार्यक्रम र लोकतन्त्रका अनेक रुपहरु अघि सारिए।’ अहिले नेपालमा स्थापना भएको जनवाद जनताको बहुदलीय जनवाद पनि भएको उनको भनाइ छ।



‘कहिले नयाँ जनवाद अघि सार्‍यौँ। कहिले त्यसलाई नौलो जनवाद भन्यौँ। कहिले राष्ट्रिय जनवाद वा राष्ट्रिय प्रजातन्त्र भन्यौँ, कहिले जनताको जनवाद भन्यौँ, कहिले लोक जनवाद पनि भन्यौँ र पाँचौं महाधिवेशनबाट जनताको बहुदलीय जनवाद भन्यौँ’ नेता खनालले भने। स्वरुपमा जति धेरै जनवाद जन्माए पनि तिनीहरु सबै सारतः पुँजीवादी जनवादकै विभिन्न रुपहरु भएको उनको ठहर छ।

समाजवादका लक्ष्य हासिल गर्न सक्ने दाबी गर्दै जनताको सपनाका रुपमा अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को निर्माण गर्न सक्ने उनले बताए।

सम्बन्धित समाचार