‘नेपाल बन्द’को आह्वानबारे विप्लव नेतृत्वको नेकपाले दियो यस्तो प्रतिक्रिया

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदवाव दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको बताए । उनले सो ‘नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महंगीविरुद्ध राष्ट्रिय ऐक्यवद्धता प्रर्दशन गर्ने तर्क समेत गरे ।



नेता बाँस्तोलाले ‘नेपाल बन्द’लाई शान्तिपूर्ण बनाउन जनतालाई अपिल गर्ने र त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई पनि आग्रह गर्नु भयो । नेता बाँस्तोलाले राज्यले जनतालाई महंगी बढाएर बैधानिक लुटपाट मच्चाएको आरोप लगाए ।

सम्बन्धित समाचार