नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कात्तिक ।
आइसीसी टी-ट्वान्टी विश्वकपको फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलिया दोस्रोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो ।
अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन । यसअघि अष्ट्रेलिया सन् २०१० को फाइनलमा इङ्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।
फाइनल खेल आज दुबई इन्टरनेशनल स्टेडियममा साँझ ७ः४५ बजेबाट खेलिने कार्यक्रम रहेको छ ।
अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको थियो भने न्युजिल्यान्ड इङल्यान्डलाइ पराजित गर्दै फाइनलमा पुगेको थियो । न्युजिल्यान्ड पनि पहिलो पटक फाइनलमा पुगेको हो । यी दुवै देशका लागि टी-ट्वान्टी विश्वकपको उपाधि भने पहिलो हुनेछ ।