प्रधानन्यायाधीशलाई रोक्न सर्वोच्चमा न्यायाधीशको आज पनि धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले अदालतको मुख्य गेटमा भर्ना दिएको हो।

यसअघि गेटमा शुक्रबार पनि न्यायाधीशहरूले धर्ना दिएका थिए। मुख्य गेटमा न्यायाधीशहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सुरक्षा घेरासहित अदालत छिरेका थिए।



बारले मध्यान्ह १२ बजेसम्म धर्ना दिने जनाएको छ। बारका महासचिव लीलामणि पौडेलका अनुसार आज जबरालाई अदालत प्रवेशमा रोक लगाइनेछ।

सम्बन्धित समाचार