बेल्जियम विश्वकपमा छनोट

बेल्जियम कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियम विश्वकपमा छनोट भएको हो ।

बेल्जियमका लागि खेलको ११ औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ५३ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । इस्टोनियाका लागि खेलको ७० औं मिनेटमा इरिक सोर्गाले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।



बेल्जियम विश्वकपमा छनोट

तर, खेलको ७४ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई ३-१ को सहज जित दिलाए । जितसँगै समूह ‘ई’ को बेल्जियमले ७ खेलमा १९ अंक जोड्दै एक खेल खेल्नु अघिनै विश्वकपमा प्रवेश गरेको छ भने ४ अंक जोडेको इस्टोनिया चौंथो स्थानमा रहेको छ । त्यस्तै शनिबार राति नै भएको समूह ‘ई’ को अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

सम्बन्धित समाचार