यसरी प्रवेश गरे प्रधानन्यायाधीश जबरा सर्वोच्च

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्चको गेटमा नेपाल बार एसोसिएसनका वकिलहरूले धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी वैकल्पिक बाटोबाट सर्वोच्च पुगेका हुन् ।

उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै अदालत प्रवेश गरेका हुन् । सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले शुक्रबारदेखी प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिएका थिए । शुक्रबार बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने बताएको थियो ।



प्रधानन्यायाधीश जबरा शुक्रबार पनि १ नम्बर गेट हुँदै अदालत प्रवेश गरेका थिए । १ नम्बर गेटमा कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाइएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् ।

प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार