जिप दुर्घटना : मृतकको संख्या चार पुग्यो (अपडेट)

रोल्पामा जिप दुर्घटना परी थप एक जनाको मृत्यु भएको छ । आज (आइतबार) रोल्पाको माडी गाउँपालिका–६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । जिप आज बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए । घाइते ३ जनामध्ये माडी गाउँपालिका–६ की १८ वर्षीया लीला पुनको जिल्ला अस्पताल रोल्पा लैजाने क्रमममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



त्यस्तै अर्की घाइते २१ वर्षीया बिना घर्तीमगरलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अर्की घाइते कञ्चना विकको जिल्ला अस्पताल मै उपचार भइरहेको छ ।

सम्बन्धित समाचार