नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ कात्तिक ।

नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गरेको छ । आज सम्पन्न केन्द्रीय कमिटी बैठकले यसअघि भएका निर्णयलाई अनुमोदन गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
बैठकले मालेको पोलिटब्युरो सदस्य त्यागेर पार्टी प्रवेश गरेको कुलप्रयाद फुयाल, शंकर पोखरेल र निलमणि बराललाई आदिलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । त्यस्तै बैठकले माओवादी केन्द्र परित्याग गरेका नेता रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको उनले बताए । उनलाई सचिवालयमा राख्ने निर्णय भएको छ ।
एमाले त्यागेका वंशिधर मिश्रलाई केन्द्रीय कमिटीमा ल्याएर स्थायी कमिटीमा लैजाने निर्णय भएको छ । एमालेबाटै आएका डा तारा जोशीलाई मनोनयन गरेको छ । माले समूहबाट आएका श्याम राज राई केन्द्रीय परिषद्मा र कालीप्रसाद यादवलाई २ नम्बर प्रदेश कमिटीमा मनोनयन गर्ने निर्णय भएको छ ।
बैठकमा प्रदेशगत रिपोर्ट गरिएको थियो । बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न पनि सरकारसँग माग गरेको उनले बताए । कालापनाी र लिम्पियाधुरामा जनगणना गर्ने व्यवस्था गर्न पनि बैठकले माग गरेको छ ।

