आज कति इजलास तोके प्रधानन्यायाधीशले ?

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० वटा इजालस तोकेका छन् । आज (सोमबार)का लागि प्रधानन्यायाधीशले दुई एकल इजलास र आठ संयुक्त इजलास तोकेका हुन् ।

त्यस्तै जबराले जबराले आफ्नो लागि र न्यायाधीश डा. मनोजकुमार शर्माका लागि एकल इजलास तोकेका छन् । यद्यपि नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले सोमबारलागि १० वटा इजलास गठन गरेका हुन् ।



सर्वोच्चका अनुसार न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्का, हरिकृष्ण कार्की र टंकबहादुर मोक्तान, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र नहकुल सुवेदी, प्रकारकुमार ढुंगाना र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल, तेजबहादुर केसी र डा. कुमार चुडाल, तेजबहादुर केसी र डा. कुमार चुडालका लागि संयुक्त इजलास तोकिएको छ । यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् ।

प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

 

सम्बन्धित समाचार