प्रधानन्यायाधीशले गरे यस्तो आह्वान (विज्ञप्तिसहित)

आन्दोलनरत नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र न्यायाधीशहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गरेका छन् । आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेका हुन् ।

विज्ञप्तिमा जबराले आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका छन् । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् । कानुन व्यवसायीले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् ।



प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

 

 

सम्बन्धित समाचार