नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कार्तिक ।

मृत अवस्थामा २ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर डेरा गरी बस्ने काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४२ वर्षीय दिपक खड्का आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै दार्चुला, महाकाली नगरपालिका-८ जामिरपानी बस्ने ६० वर्षीय जोगी चुनारा सोही ठाउँस्थित भगवती मन्दिर नजिकैको गहुँ बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
