गठबन्धनले सभा गर्दा आँगन भरिँदैन, एमालेले सभा गर्दा बस्ने ठाउँ हुँदैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनभन्दा आफ्नो पार्टीको प्रभाव राम्रो भएको बताएका छन्। उनले आफ्नो पार्टीले सभा गर्दा भित्ताभित्ता भरिने बताएका हुन्।

उनले नेपाली कांग्रेसलाई थोत्रो पार्टी भएको बताए। ‘नेपाली कांग्रेस थोत्रो पार्टी भइसक्यो। अब नेपाली कांग्रेसको पछाडि लाग्ने कस्ता होलान् विचार गर्नुस् त’, गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीलाई लक्षित गर्दै उनले भने।



उनले थपे-‘अहिले नेपाली कांग्रेसको पछाडि लागेर, आफ्नो दुई तिहाइको पार्टी फोडेर, आफ्नो दुई तिहाइको सरकार ढालेर बुढो कांग्रेसका पछाडि लागेर अनि सरकारमा सहभागी हुने कस्तो बुद्धि होला तिनीहरुको ?’उनले अन्य पार्टीहरू परित्याग एमालेमा प्रवेश गर्नेहरुको भविष्य सुरक्षित भएको बताए। पाँच वर्षपछि बेलैमा बुद्धि पुर्‍याइयो भन्ने लाग्ने उनको भनाइ थियो।

सम्बन्धित समाचार