कांग्रेसलाई तोकिएकै मितिमा महाधिवेशन गर्न निर्वाचन आयोगले दबाब दिएको हो ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौं होला,’ उनले भने ।



थापाले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए। नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए।

सम्बन्धित समाचार