नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कार्तिक ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा उदयपुर, दैलेख आठबिसे नगरपालिका-२ सिगौदी घर भएका २३ वर्षीय गोपाल बिक रहेका छन् ।
गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका-११ मा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
