नेपाल बारले दियो यस्तो चेतावनी

आन्दोलनरत नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको च्याम्बरमै पुगेर धर्ना दिने बताएको छ । आज (मंगलबार) सर्वोच्च अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरुले आफ्नो माग सम्बोधन नभए प्रधानन्यायाधीशको च्याम्बरमई गएर विरोध प्रदेशन गर्ने बताएका छन् । यसैबीच नेपन बारले आजपनि आफ्नो धर्न्म कार्यक्रमलाई निरन्तरता दिएको छ । आजको धर्ना कार्यक्रममा बोल्दै बार महासचिव लिलामणि पौडेलले बारको कुरा नसुन्ने हो भने प्रधानन्यायाधीशकै कुर्सीमा पुगेर धर्ना दिने चेतावनी दिए ।



पौडेलले भने, ‘बारको आन्दोलन समग्र न्यायाधीश र सेवाग्राहीका लागि हो । न्यायका लागि हो । त्यसकारण न्यायाधीशले साथ दिनुपर्छ । विपक्षमा गएर विरूद्वमा नलाग्नुस ।’ यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् ।

प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार