
एकीकृत नमुनाटोल विकास समिति पासीकोटको लामो प्रयास र वडा नम्बर ६ का अध्यक्ष नवीन केसीको सक्रियतामा बुढानिलकण्ठ नगरपालिकाको विकास निर्माणमा छुट्टयाइएको बजेटबाट तल्लो पासिकोटमा ९० मिटर ढलान गर्ने कार्य सम्पन्न भएको छ । बाँकी ३५ मिटर ढलानको कार्य छिट्टै सम्पन्न गरिने एकीकृत नमुनाटोल विकास समितिका सचिव शिव ढकालले जानकारी दिए ।
एकीकृत नमुनाटोल विकास समितिका अध्यक्ष होम विक्रम न्यौपानेले सम्पूर्ण स्थानीयबासी, कार्यसमितिका पदाधिकारी, बुढानिलकण्ठ नगरपालिका तथा ६ नम्बर वडाका अध्यक्ष केसीलगायतलाई सक्रिय सहयोगको लागि धन्यवाद प्रकट गरे ।
संस्थाका सदस्य राम श्रेष्ठले अब यस क्षेत्रका बासिन्दा खानेपानीको पर्खाइमा रहेको पनि जानकारी गराए ।
