राजनीतिक समन्वय समितिको पहिलो बैठकले गर्यो यस्तो निर्णय

सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको बैठक सकिएको छ। आज सिंहदरबारमा पहिलोपटक बसेको बैठकले दुई निर्णय गरेको छ । बैठकले केही दिनयता सर्वोच्चमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ।

‘राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्दछ’, राजनीतिक समन्वय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। यस्तै, बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय समेत गरेको छ।



गठबन्धनमा रहेका पाँच दलबाट दुई-दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा छन्। दुई महिनामा आलोपालो गरी समन्वय समितिको संयोजक परिवर्तन गर्ने सहमति छ।

सम्बन्धित समाचार