नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कात्तिक ।

सर्वोच्च अदालतका कर्मचारीहरु पनि आन्दोलित भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवसायीको आन्दोलन चर्किरहेका बेला मंगलबारदेखि सर्वोच्चका कर्मचारीले पनि आन्दोलन सुरु गरेका हुन्। अहिले देखिएको समस्याको समाधान र अदालतमा देखिएका विकृति तथा विसंगतिको अन्त्य हुनुपर्ने मागसहित कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार सर्वोच्च अदालत आधिकारीक ट्रेड युनियन र अन्य पेसागत ट्रेड युनियनबीच छलफल समेत भएको जनाइएको छ। छलफलबाट न्यायलयभित्रका विकृति विसंगति अन्त्य गरी सुधार गर्दै हालको गतिरोध अन्त्य गर्ने मूल जिम्मेवारी प्रधानन्यायाधीश र न्यायाधीशहरुको नै भएको निष्कर्ष नकालिएको जनाइएको छ।
मंगलबारदेखि सुरु आन्दोलनको पहिलो चरणमा अदालतका सम्पूर्ण कर्मचारीहरुले हस्ताक्षर संकलन गरी वुझाउने अभियान सुरु भएको जनाइएको छ। अदालतमा देखिएका विकृति र विसंगति हटाउन देशभरका अदालतका कर्मचारी एवम् न्यायाधीशहरुलाई ऐक्यवद्धता जनाउन आग्रह गरिएको सर्वोच्चका कर्मचारीहरुको भनाइ छ।

