ब्राजिल र अर्जेन्टिनाबीचको खेल गोलरहित बराबरी

कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अपराजित रहँदै विश्वकपमा छनोट भइसकेको ब्राजिलले छनोट प्रतिक्षामा रहेको अर्जेन्टिनालाई गोलको कुनै अवसर दिएन्। बराबरीपछि दक्षिण अमेरिकी छनोटको १३ खेलको समाप्तिमा दुबै टीम अपराजित छन्।

नेयमारबिना मैदानमा उत्रिएको ब्राजिलले कप्तान लिओनेल मेसी सहितको अर्जेन्टिनालाई गोलको अवसर दिएन। बल पोसेसनमा नियन्त्रणका बाबजुत अर्जेन्टिनाले ब्राजिलको डिफेन्स लाइनअप चिर्न सकेन। दोस्रो हाफको ६१ औ मिनेटमा ब्राजिलका मिडफिल्डर फ्रेडले गरेको प्रहार क्रशबारमा लाग्दा ब्राजिल संभावित अग्रताबाट चुकेको थियो।



अर्जेन्टिनाले पनि केहि सिमित अवसरमा गोल गर्न सकेन। बराबरीसँगै अर्जेन्टिनालाई विश्वकपको छनोट पक्का गर्न अब एक अंक आवश्यक छ। अब अर्जेन्टिनाले जनवरीमा हुने छनोटको खेलको प्रतिक्षा गर्नु पर्ने छ।

ब्राजिलले १३ खेलमा ३५ अंक जोड्दा अर्जेन्टिनाको १३ खेलमा २९ अंक छ।

सम्बन्धित समाचार