अर्जेन्टिना विश्वकपमा छनोट

अर्जेन्टिना कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी छनोट अन्तर्गत ब्राजिलसँग गोलरहित बराबरी खेलेको अर्जेन्टिनाले विश्वकपमा छनोट भएको हो ।

अर्जेन्टिनाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले कही गोल गर्ने सुन्दर अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो । ब्राजिल यस अघि नै विश्वकपमा चोट भैसकेको छ भने अर्जेन्टिना पनि यस बराबरीसँगै विश्वकपमा स्थान बनाउन सफल भएको छ । बराबरीपछि दक्षिण अमेरिकी छनोटको १३ खेलको समाप्तिमा दुबै टिम अपराजित छन्।



अर्जेन्टिना विश्वकपमा छनोट

नेयमारबिना मैदानमा उत्रिएको ब्राजिलले अर्जेन्टिनालाई गोल गर्न दिएन । बराबरीसँगै ब्राजिल १३ खेलमा ३५ अंक जोड्दै शीर्ष स्थानमा छ भने १३ खेलमा २९ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान सुरक्षित गरेको छ । यस्तै दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको अर्को खेलमा इक्वेडरले चिलीलाई २-० ले पराजित गरेको छ ।

सम्बन्धित समाचार