नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोर रहेका छन् । आफ्नै खेतमा एक्लै धान काटिरहेको अवस्थामा ती किशोरले किशोरीलाई जबरजस्ती करणी गरेका थिए । यसका साथै किशोरले १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
