प्रधानन्यायाधीशलाई नेपाल बारले दियो यस्तो अल्टिमेटम

नेपाल बार एशोसियसनले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ । आज (बुधबार) बारले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको हो ।

मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । यस्तै बारले हिजो (मंगलबार) जबराले राजीनामा नदिए उनकै च्याम्बरमै गएर विरोध प्रदर्शन गर्ने चेतावनी दिएको थियो । त्यस्तै बारको कार्यालय परिसरमा बोल्दै श्रेष्ठले जबराको राजीनामा न्यायालयको शुद्धिकरणको लागि भएको पनि बताए । यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् ।



प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

सम्बन्धित समाचार