चार हजार नेता कार्यकर्तालाई एमाले प्रवेश गराएपछि ओलीले भने-‘अब चुनावमा एमालेको एकल बहुमत आउँछ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन बनाएर चुनावमा सहभागी नहुने हो भने आउँदो चुनावमा जमानत जफत हुने दाबी गरेका छन् । नेकपा एमाले बाँकेले आज बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनले एमालेसँग चुनावमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै चुनावमा एमालेको एकल बहुमत हुने दाबी गरे।

अध्यक्ष ओलीले अदालत मर्यादित र सम्मानित बनोस् भन्दै न्यायाधीशले सेवा, सुविधा लिने तर मुद्दा नहेर्ने कार्य दुःखद भएको बताए। यस्तै कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेले आर्थिक विकास र समृद्धिको नेतृत्व गरेका कारण देशभर एमालेप्रति नागरिकको आकर्षण रहेको बताए ।



कार्यक्रममा जिल्ला विकास समिति बाँकेका पूर्वसभापति पशुपति दयाल मिश्रा, अब्दुल करिम खाँ, गिरिजा पाठक, चिन्टु वर्मासहित झन्डै चार हजार जना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

सम्बन्धित समाचार