नेपाल र कतार भिड्दै

सिरिज क्लिन स्विप गर्ने लक्ष्य

कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (बिहीबार) कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ । यसअघि नै तीन म्याचको सिरिज २-० ले आफ्नो पक्षमा पारेको नेपालले आजको खेल पनि जित्दै सिरिज क्लिन स्विप गर्ने लक्ष्यका साथ मैदान उत्रदै छ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा हुने खेल खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । गत मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने हिजो (बुधबार) भएको खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपाली महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको थियो ।



नेपाल र कतार भिड्दै

 

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो । विश्वकप छनोट आगामी नोभेम्बर २२ देखि २८ सम्म दुबईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । छनोटबाट शीर्ष एक टिम विश्वकप छनोटमा पुग्नेछ । कतारविरुद्धको सिरिज पछि नेपाल नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।

सम्बन्धित समाचार