प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘फुलकोर्ट’ बैठक बोलाएका छन् । जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको लागि ‘फुलकोर्ट’ बैठक बोलाएका हुन् ।

आज (बिहीबार) दिउँसो २ बजे बस्ने गरी फुलकोट बैठक बोलाएको मुख्य रजिस्ट्रार लालबाबु कुँवरले जानकारी दिए । उक्त बैठकमा प्रधानन्यायाधीशसहित २० जना रहने छन् । सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका थिए ।



हिजो (बुधबार) बुधबार बसेको न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालत, नियमावलीको नियम संशोधनका लागि सहमति जनाउँदै फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएको थियो । सहमती भएसँगै न्यायाधीशहरुले मुख्य रजिष्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार