नवकान्तिपुर संवाददाता
काठमाडौं, २ मंसिर ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
प्रचण्ड समसामयिक राजनीतिक घटनाक्रम तथा रिक्त रहेको राजदूत नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएपनि दु राजदूत नियुक्तिको विषयमा भने सहमति हुन नसकेको स्रोतले बतायो ।
हाल २३ देशमा नेपाली राजदूत रिक्त रहेका छन् । तत्कालिन केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका १२ देशका राजदूतलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएपछि ती देशमा राजदूत रिक्त रहेका हुन् ।

