यी मोडलले गरे एकैपटक ९ महिलासँग विवाह

ब्राजिलियन मोडल आर्थर ओ उर्सोले ‘फ्रि लभ’ लाई उत्सवको रुपमा मनाउन एकैपटक ९ जना महिलालाई विवाह गरेका छन् । उक्त सामूहिक विवाह साओ पाउलो सहरको क्याथोलिक चर्चमा भएको थियो ।

यस अघि उर्सोले लुआना काजाकीसँग विवाह गरेका थिए र उनीहरुसँगै हनिमुन पनि गएका थिए । स्वतन्त्र प्रेमको उत्सव मनाउन र एक विवाहको विरोध गर्नका लागि ९ अन्य महिलासँग एकैपटक गरिएको विवाहलाई औपचारिक रुप दिन उनले यस्तो निर्णय लिएको बताए ।



यी मोडलले गरे एकैपटक ९ महिलासँग विवाह

 

आफ्नो पहिलो विवाहमा आर्थर र लुआनाले फ्रान्सेली सहर, ‘क्याप डी’ एग्डेमा आफ्नो हनीमूनको फोटोहरू शेयर गरेका थिए, जुन निकै भाइरल भएको थियो । उनीहरुले शेयर गरेको फोटोमा दुबै नग्न थिए । उनीहरु दुबैले सहरका विभिन्न पर्यटकीय स्थलहरूमा पूर्ण नग्न भएर यात्राको आनन्द उठाएका थिए । आफ्नो नग्नताको प्रेमको बारेमा बोल्दै, उक्त जोडीले भने, ‘हामी युरोप घुम्न जाँदैछौं र संसारको सबैभन्दा उदार ठाउँहरू देखाउने छौं ।’

त्यस्तै महामारीको समयमा आर्थर र लुआनाले ती मानिसलाई आफनो सेक्स टिप्स साझा गरे जसको यौन जीवन राम्रो चलिरहेको थिएन । यस्तै गत फेब्रुअरीमा पनि यो जोडीले ध्यान आकर्षित गरेकाे थियो किनभने उनीहरुले अरुलाई यौन सम्बन्ध स्थापित गर्नका लागि प्रेरित गरेर ओन्लीफ्यान्समा प्रति महिना ५६ लाख कमाइरहेको बताएका थिए । – एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार