अमेरिकी सहायक विदेशमन्त्री लु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।

भेटको क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन्।



भेटघाट सौहार्दपूर्ण समेत भएको उनले जनाए। भेटमा लुले एमसीसीबारे पनि जित्रासा राखेको बताइन्छ । देउवाले एमसीसीलाई दलहरुबीच सहमति जुटाएर पास गर्ने बचन दिएको बालुवाटार स्रोतको दाबी छ ।

सम्बन्धित समाचार